दिपकले मेमे नेपाल काण्ड : पाइरेसी काण्ड पछि आत्महत्या गरेको घटना सम्झिदै फेसबुकमा लेख यस्तो स्टाटस ,“गल्ति गर्नेले क़ानूनी सजाय भोग्नु पर्छ ”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नपाली चलचित्र जगतका चर्चित हास्य कलाकार दिपक राज गिरीले वीर विक्रम–२ फिल्म समिक्षा विवादलाई मानवीय दृष्टिकोणबाट हेरिनु पर्ने बताएका छन् । उनले आज (बुधबार)फेसबुकमार्फत एक स्टाटस पोष्ट गदै यस्तो बताएका हुन् ।

 

दिपकले स्टाटसमा वीर विक्रम–२ फिल्म समिक्षालाई लिएर मेमे नेपालको र मिलन चाम्स बीच चलिरहेको विषयले छक्का पन्जा पाइरेसीको घटनालाई सम्झाएको बताएका छन् । किनभने छक्का पन्जा’ पाइरेसी गरेको आरोप लागेका नवलपरासीका कृष्ण सुवेदीले केहि वर्ष अगाडि मात्र आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए ।
तर अहिले वीर विक्रम–२ समिक्षा गर्ने क्रममा पनि मिम नेपालले युट्युबमा राखेको भिडियोमा चक्कुको र अश्लिल शब्दको प्रयोग भएको भेटिएपछि फिल्मका निर्देशक चाम्सले मुद्दा दर्ता गराएका छन् ।उक्त केशले उनलाई पहिलेको घटनाको याद दिलाएकाले दिपकले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेका छन् । हेरौ जस्ताको तस्तै

“गल्ति गर्नेले क़ानूनी सजाय भोग्नु पर्छ , तर कहिलेकाहि मानबिय दृष्टिकोण बाट पनि हेरिनु पर्छ जस्तो लाग्छ
मिम नेपालको र मिलन चाम्सजीको यो केशबाट मैले छक्का पन्जा पाइरेसी केशलाइ सम्झि रहेको छू …, त्यति बेला हामिले संयमता अपनाउदा अपनाउदै त त्यस्तो दूर्घटना हुन पुग्यो .. जस्ले अहिले सम्म हामिलाइ पिडाबोध भैरहन्छ
यो केशमा पनि अलि संयमता ज़रूरी छ जस्तो लाग्यो मलाइ
क्षमा दान पनि ठूलो दान हो…दूबै पक्षले बसेर गल्ति गर्नेले आत्म आलोचना गर्ने र सम्बन्धित पक्षले हाम्रै घरको बिषय हो भनेर माफि दिन तिर लाग्नु नै उत्तम हुन्छ जस्तो लाग्छ….”
जय नेपाली सिनेमा..!!!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *