के हो बाथरोग र कसरी बच्ने ? यस्ता छन् बाथरोगका लक्षणहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बाथरोगलाई सामान्य भाषामा भन्दा जोर्नी सुनिने वा दुख्ने रोग हो ।अर्थात यसलाई अर्थराइटिस पनि भनिन्छ । यो रोग जुनसुकै उमेर समुहको मानिसहरुलाई लाग्दछ । प्राय मोटोपन भएको मानिसहरु , महिला र वृद्धवृद्धामा देखा पर्दछ । यो रोग तीन प्रकारको हुन्छ । ती हुन् ,ओस्टियो अर्थराइटिस, युरिक एसिड र गठिया बाथ ।

बाथ रोगका लक्षणहरु
-सुरुवातमा जोर्नी दुख्ने, तथा हातका औंला दुख्ने वा सुन्निने हुन्छ ।

-विहान उठ्ने बेलामा हातखुट्टा अह्ररो हुनेका सार्थै औंला बांगिँदै जाने

-गोलीगाँठो, घुँडा दुख्ने वा सुन्निनुको साथै राती र विहान ढाड दुख्ने ।

-खुट्टाको बुढीऔँला वरिपरि रातो भएर टेक्न नहुने, कुर्कुच्चा दुख्ने

-छालामा डाबर वा निको नहुने घाउ आइरहने तथा परै शरिर दुख्ने ।

-चिसोमा काम गर्दा हातखुट्टा निलो हुने, सुन्निने पनि समस्या देखा पर्दछ ।

बाथरोगबाट बच्ने उपाय
१. शरिरको मोटोपना तथा तौललाई नियन्त्रण गर्ने ।

२.चिल्लो पिरो तथा मासुजन्य खाद्य पदार्थ खानु हुदैन् । यसले तपाईको युरिक एसिड बढाउँछ ।

३.जाडरक्सी ,बियर ,कोक ,फ्यान्टा जस्तो तरल पदार्थहरु कम खाने ।

४.सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी तथा केकको भुलेर पनि खानु हुदैन् ।

५. केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती जस्ता क्याल्सियमयुक्त खानेकुरारुको मात्र खानुपर्छ ।

६. दैनिक कम्तिमा १० गिलास पानी पिउनुस् । जसले किड्नीको प्रभावकारी सञ्चालन हुन्छ ।

७. नियमित शारिरिक ब्यायाम र सन्तुलित भोजनको सेवन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *