अमिताभ बच्चनकी नातिनी नब्या रिलेसनमा , को सँग जान्छिन् डेट ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यतिखेर बलिउड सुपरस्टार अमिताभ बच्चनकी नातिनी नब्या नबेली प्रेममा रहेको भन्दै चर्चा चलेको छ । नब्याको प्रेम सम्बन्धलाई लिएर दर्शकहरुले थुप्रै अनुमान लगाउन थालेका छन् । त्यस्तै केही समय अगाडि मात्र नब्या मिजान जाफरीसँग डेटिङमा रहेको खबरले चर्चा पाएको थियो । मिजान अभिनेता जावेद जाफरीका छोरा हुन् ।

यता मिजान सञ्जयलिला भन्सालीको फिल्मबाट डेब्यू गर्न लागेका छन् । यो फिल्ममा भन्सालीकी भान्जी शरमिन सहगल पनि देखिनेछिन् । यस फिल्मलाई मंगेश हडवालेले निर्देशन गरेका हुन् ।लव स्टोरी रहेको फिल्म जुन ५ मा रिलिज हुदैँछ । तर मिजान यतिखेर नब्यासँगको रिलेनसनपछि थप चर्चामा छन् । किनभने यसभन्दा अघि स्न २०१७ मा नब्या एक तस्विरको कारण चर्चामा आएकी थिइन् । जुन तस्विरमा नब्या मिजानसँग मिल्दोजुल्दो केटासँग तस्विरमा देखिएकी थिइन् । त्यहाँ देखिनै उनीहरुको प्रेम सम्बन्धको बारेमा चर्चा हुने थालेको थियो ।

तर अहिले मिजानले आफ्नो पहिलो चलचित्र प्रचारको क्रममा एक अन्तर्वार्तामा अमिताभकी नातिनी नब्यासँगको रिलेसनको बारेमा सोधिएको प्रश्नमा नब्या र आफु एक असल मिल्ने साथी मात्र भएको बताएका छन् । त्यस्तै नब्या आफ्नी बहिनीको पनि मिल्ने साथी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *