चलचित्र ‘लक्का जवान’बाट दिलिप रायमाझीकी छोरीले पनि डेब्यू गदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।चलचित्र ‘लक्का जवान’मा नायिका प्रियंका कार्की फाइनल भएकी छिन् । यो कुराको चलचित्रका निर्देशक तथा चर्चित हास्य कलाकार शिवहरि पौडेल र किरण केसीले फेसबुकमा तस्विर राख्दै जानकारी दिएका छन् । त्यस्तै ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहेको चलचित्रमा सह–निर्माताका रुपमा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल रहने छन् ।

त्यसैगरी यस चलचित्रबाट नायिकाको रुपमा नायक दिलिप रायमाझीको छोरी पनि डेब्यू गर्ने हल्ला चलेको छ । यो कुराको छलफल भइरहेको तर फाइनल भने भएको छैन् । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र भाद्रको पहिलो हप्तादेखि फ्लोरमा जाने तयारीमा छ । त्यस्तै हाल चलचित्रको लागी हेयर ड्रेशर, ड्रेश डिजाईनर, मेकप, प्रोडक्सन सहायक, ड्रेश म्यान लगायत वरिष्ठ गायक तथा कलाकार जयनन्द लामा र प्रियंका फाइनल भएका छन् । अन्य कलाकार को भन्ने फाइनल भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *