अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि कृष्टिना र स्टेलाले जिते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बालबालिका सम्बन्धि अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका २ बालिकाले उपाधि हात पारेका छन् । सिँगापुरमा गत २६ जुन देखि १ जुलाईसम्म आयोजना भएकोे ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मा एशियाका ४२ देशका बालबालिका सहभागी भएका थिए । जसमा नेपालबाट ५ बालबालिकाले सहभागिता जनाएका थिए । सहभागीमध्ये ११ वर्षीय कृष्टिना खड्काले ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस’ को शिर्ष उपाधि हात पारेकी हुन् । कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालकी सिनियर समुहकी बिजेता हुन् ।

त्यस्तै ‘मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा ८ वर्षीया स्टेला शाहले शिर्ष उपाधि हात पारेकी छिन् । ३ कक्षामा पढ्दै गरेकी स्टेला पनि नेसनल किड्स अफ इयर २०१८ नेपालकी जुनियर समुहकी बिजेता हुन् ।

त्यसैगरी प्रतियोगितामा बेस्ट पर्सनालिटी र बेस्ट इन बीच स्विम वेयर उपाधि यांशु श्रेष्ठले हात पारेकी छिन् । उनी नेसनल किड्स अफ इयर २०१८ कै उपबिजेता हुन् । बेस्ट स्माईलको उपाधि ८ वर्षीय मिनाल केसी र बेस्ट पार्टी वेयरको उपाधि ९ वर्षीय सुखी प्रधानले जितेकी छिन् । उनीहरुलाई कोरियोग्राफर रोजिन श्रेष्ठले विशेष प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *