भारतका रोबिन र अमेरिकाका जेफ फिल्म लेख्न सिकाउँन नेपाल आउदै ,भदौ देखि कार्यशालको सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपालमा फिल्मको पटकथा लेखन कार्यशालाको लागी भारतका रोबिन र अमेरिकाका जेफ आउने भएका छन् । उनीहरु दुवै जना नेपाल आउन उत्साहित हुदै भदौमा हुने कार्यशालाको लागी नेपाल आउन तयार भएको एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए । उहाँका अनुसार राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार भएकाले लेखकको कमीलाई महसुस गरी यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।

यो कार्यशाला नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको हो । कार्यशालको सम्पदा मल्लले संयोजन गरिहेकी छिन् । मल्लका अनुसार कार्यशालामा सहभागी हरेकले एउटा एउटा पटकथा लेख्नु पर्नेछ । त्यसमध्येबाट एउटा विजेता छनोट गरिनेछ । बिजेताले नगद १ लाख रुपैया पाउनेछन् । त्यसका लागी सहभागी हुन इच्छुकले असार मसान्तसम्म नाम दर्ता गराइसक्नु पर्ने आयोजनकले जनाएको छ । कार्यशाला यही भदौ ४ देखि १० गेतसम्म मकवानपुरमा हुनेछ ।

को हुन् रोबिन र जेफ ?

भारतका रोबिन बलिउडका सुपरहित फिल्म लेखक हुन् । उनले ७२ वटा बलिउड फिल्म लेखेका छन् । जसमध्ये
उनले लेखेको फिल्म ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि हुन् । उनी महेश भट्टका नातेदार हुन् । त्यस्तै अमेरिकाका जेफ न्युयोर्क एकेडेमीमा पढाउँछन् । उनीहरु दुवैजना मिलेर नेपालमा पटकथा लेखनका तरिका र व्याकरण सिकाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *