विश्वकै सबैभन्दा धेरै कमाउने अभिनेताको सुचीमा परे अक्षय, लिस्टबाट बाहिरिए सलमान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यो वर्ष विश्वभर एक वर्षमा सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको सूचीमा अक्षय कुमार परेका छन् । बिजनेस म्यागजिन ’फोर्ब्स’ ले सार्वजनिक गरेको लिस्टमा अक्षय कुमार ३३ औं नम्बरमा रहेका छन् । यसअघि सबैभन्दा धेरै कमाउनको सूचीमा परेका बलिउड सेलिब्रेटी सलमान खान, अमिताभ बच्चन र शाहरुख खान बाहिरिएका छन् ।

अक्षयको गत वर्षको कुल कमाई ६५ मिलियन डलर (करीब ४४४ करोड रुपैयाँ)रहेको छ । उनी हलिउडका थुप्रै सुपरस्टार रिहाना, ज्याकी च्यान, ब्रेडली कूपर, स्कारलेट जोनसन जस्ता कलाकारलाई पछि पारेका छन् । उनी यो सुचीमा रोबर्ट डाउनी जूनियरको नजिक पुगेका छन् ।

यो सूचीमा गायिका टेलर स्विफ्टले गत वर्ष पहिलो स्थान हासिल गरेकी थिइन् । उनको कमाई १८.५ करोड डलर रहेको छ । दोस्रो स्थान काइलीले हासिल गरेकी थिइन् । उनको कुल कमाई १७० मिलियन डलरको रहेको थियो । तेस्रो नम्बरमा कान्ये वेस्ट , चौथो र पाचौमा चर्चित फुटबलर लियोन मेसी ब्रिटिश सिंगर एड शीरन परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *