रणवीर सिहंसँग यो तस्विरमा रहेकी युवती को हुन् ? भाइरल भयो पुरानो तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेता रणवीर सिंहको अहिले एक तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । यो तस्विरमा रणवीर एक युवतीको अगालोमा बाधिँएका देखिन्छन् । यो तस्विर देख्दा निकै पुरानो भएकाले कपाल लामो , सफा सेभ र तौल बढी देख्न सकिन्छ ।तर धेरैको मनमा अभिनेता रणवीरको साथमा रहेको युवतीको को हो भन्दै शंका उत्पन्न भएको छ । आउनुस् जान्नुस् को हुन् ती युवती ?

तस्विरमा देखिएकी सुन्दर युवती रणवीरको साथी प्रिया त्रिदेवी हुन् । प्रिया एक मोडल तथा भिजे हुन् । उनले १५ वर्षको उमेरदेखि नै मोडलिङमा कदम राखेकी थिइन् । त्यसका साथै उनले तुषार कपुरको फिल्म ‘हम तु सबना’ मा काम गरिसकेकी छिन् । टिभी रियालिटी सो ‘Fear Factor: Khatron Ke Khiladi’ मा पनि देखिसकेकी छिन् ।

त्यसैगरी अभिनेता रणवीरले बलिउडमा एक ब्लकबस्टर फिल्म ‘सिम्बा’ दिइसकेका छन् । हाल उनी वल्र्ड कपमा आधारित फिल्म ८३ को सुटिङमा ब्यस्त छन् । यो फिल्म २०२० मा रिलिज हुदैछ । यो फिल्ममा रणवीरका साथमा दिपिका पादुकोण पनि मुख्य भूमिकामा रहेकी छिन् । यो फिल्ममा रणवीर कपिल देवको भूमिका निभाउदै छन् भने दिपिका पत्नीको भूमिका निभाउदै छिन् । हाल दिपिका ‘छपाक’सुटिङमा ब्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *