चलचित्र ‘हजार जुनीसम्म’ को नयाँ गीत ‘आज नगद भोली उधारो’ मा दीपा र आर्यनको डान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘हजार जुनीसम्म’ को नयाँ गीत ‘आज नगद भोली उधारो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायक आर्यन सिग्देलले अरु चलचित्रमा भन्दा फरक भूमिकामा दिपाश्री निरौलासँग डान्स गरेका देखिन्छ । साथै उनीहरुको साथमा अन्य हास्य कलाकारहरुले डान्स गरेका छन् । प्रल्हाद तिमिल्सिना र मिना निरौला स्वर रहेको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । भिडियोलाई पुरुषोत्तम प्रधानको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

त्यसैगरी विकासराज आचार्यले निर्देशन गरेको चलचित्रमा सामिप्यराज तिमल्सेनाको पटकथा , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ । विशाल चाम्लिङले निमार्ण गरेको चलचित्रमा कविता रेग्मी कार्यकारी निर्माता रहेकी छिन् । चलचित्रमा आर्यन सिग्देल , प्रियंका कार्की ,सञ्चिता लुइटेल ,स्वस्तिमा खड्का, अक्की प्रधान, ,शिवहरि पौडेल, उत्तम केसी लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । चलचित्र साउन ३० बाट प्रदर्शन हुदैछ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *