आयुषको स्वरमा ‘हजार जुनी सम्म’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आयुष केसीको स्वरमा चलचित्र ‘हजार जुनी सम्म’ को शीर्ष गीत सार्वजनिक भएको छ । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुषले उदय सोताङ्गको चर्चित गीत ‘हजार जुनीसम्म’ गाएका हुन् । एक जानकारी अनुसार चलचित्रमा उदय र आयुषकै स्वर रहेपनि युटुबमा आयुषको स्वर मात्र गीत सार्वजनिक भएको जनाएको छ । गीतमा पवन चाम्लिङ्ग ’किरण’ को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ । चलचित्रको नाम पनि यही गीतबाट राखिएको हो ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन र विकासराज आचार्यको निर्देशन रहेको छ । यसअघि विकाशराजले निर्देशन गरेको नाइ नभन्नु ल को सिरिज पनि सफल भएको थियो । त्यस्तै विशाल चाम्लिङले निर्माण गरेको चलचित्रको कविता रेग्मी कार्यकारी निर्माता हुन् । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेत लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ । यो चलचित्र साउन ३०बाट रिलिज हुँदैछ ।हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *