चलचित्र ‘एन्टी हिरो’ मा अनमोल हिरो ,भूवन भिलेन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायक तथा निर्माता भूवन केसीले आफ्नो नयाँ चलचित्रको नाम ‘एन्टी हिरो’ राखेका छन् । आजै यो नाम सार्वजनिक गदै चलचित्र विकास बोर्डमा दर्ता गराएका हुन् । भूवन केसीले निर्माण गर्ने चलचित्र एक्सन र लभ स्टोरी जनरामा बन्ने भएको छ । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र ‘एन्टी हिरो’ को दशैंपछि छायाकंन सुरु हुने निमार्ता तथा नायक भूवनले जानकारी दिए ।

यस चलचित्रमा (बाबु) भुवन केसी र (छोरो) अनमोल केसीलाई सँगै पर्दा देख्न पाइने भएको छ । उहाँका अनुसार अनमोलले नायक र भुवनले खलनायक भूमिका निभाउदै छन् । यसअघि चलचित्र क्याप्टेनमा बाबु छोरा गीतमा मात्र सँगै देखिएका थिए । तर यो पटक पुरै चलचित्रमै दुवैजना हुनेछन् ।अहिले चलचित्रको निर्देशक, नायिका र अन्य टिमको खोजी भइरहेको छ । साथै चलचित्रको अहिले स्क्रिप्टमा काम भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *