चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक , गीतमा कालीको यस्तो र्याप (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बहुप्रतिक्षीत फिल्म‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ । हरेक पटक नयाँ कन्सेप्ट ल्याउने कालीले विलकुलै नयाँ शैलीको र्याप गीत ल्याएका छन् । यस्तो गीत नेपाली फिल्ममा पहिलो पटक प्रयोग भएको हो । गीतलाई गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले मिलेर लेखेका छन् ।

गीतको भिडियोमा सञ्जिप राई र बलराम बुढाथोकीको छायाकंन, विजु कर्माचार्यको सम्पादन तथा निर्देशन रहेको छ । भिडियोमा काली प्रसाद बास्कोटा र अनुपम शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

रामबाबु गुरुङ निदेर्शित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा शैलेन्द्र डि. काकी छायाकंन,सुरेन्द्र पौडेलको सम्पादन र रेनेसा वान्तावाको कोरियोग्राफी रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । फिल्ममा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी , विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् ।यो चलचित्र असोज ३ गते रिलिज हुदैँछ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *