दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’को छायाकंन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’को छायाकंन सम्पन्न भएको छ । चलचित्रको निर्देशक खनाल आफैले फेसबुकमार्फत इन्ड क्याप गरेको तस्विर पोस्ट गदै छायाकंन सम्पन्न भएको जानकारी दिएका हुन् । उनले यसअघि ‘पशुपति प्रसाद’ जस्तो सफल चलचित्र निर्देशन गरिसकेका छन् । अहिले बन्न लागेको चलचित्रमा पनि उनकै कथा, पटकथा तथा निर्देशन र छायाकंन रहको छ ।

यो चलचित्र नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिदै फेरी निर्माण गरिएको हो । शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा सूर्यमाला खनाल ,सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहेको छ । त्यस्तै डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको चलचित्र फागूण ९ गतेबाट रिलिज हुदैँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *