असोज २ गतेबाट प्रसारण हुने जिग्री र पाँडेको नयाँ सिरियल ‘सक्किगोनि’को प्रोमो सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडे टिमको नयाँ सिरियल सक्किगोनि’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा पाँडे ,जयन्ते र धतुरेको रमाइलो लडाई देखाइएको छ । अन्तमा प्रहरी आएपनि ३ जना भागेका छन् ।

भद्रगोलबाट बाहिरिएका २१ जनाको टिमले नयाँ सिरियलको नाम जुराउदै प्रोमो समेत सार्वजनिक गरेका हुन् । यो सिरियल असोज २ गतेबाट नेपाल टेलिभिजनबाटै विहीबार ८.५० बजेबाट प्रसारण हुदैछ । तर अहिले नयाँ सिरियल ‘सक्किगोनि’ मा २ जना कलाकार थपिएका छन् । यसअघि भद्रगोल छोडेर बसेको बरिष्ठेको नामबाट चर्चित कलाकार शकंर आचार्य र धतुरे नामबाट चर्चित पात्र सि पि पुडासैनी फेरी देखिदैछन् । यो सिरियल जेपिटी क्रियसन मार्फत पुरानै कथावस्तु र कलाकारहरुको साथमा नयाँ नामबाट आउदै छ । हेरौ प्रोमो

Leave a Reply

Your email address will not be published. Required fields are marked *