साम्राज्ञी र अंकित अभिनित फिल्म ‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा अभिनित फिल्म ‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मको प्रमुख कलाकारहरु देखाइएको छ ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायाकंन, देव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको कोरियोग्राफी र अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ ।फिल्मलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । यो फिल्मबाट अशोकको छोरा अंकित शर्मा नायकको रुपमा डेब्यू गरेका हुन् ।

फिल्ममा साम्राज्ञी र अंकित संगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्म असोज १० गतेबाट रिलिज हुदैछ । फिल्मको (भोली) शुक्रबार शीर्ष गीत सार्वजनिक हुदैँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *