फिल्म ‘प्रेम संसार’को पहिलो ‘सुनैना सुनैना’ बोलको गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली फिल्म ‘प्रेम संसार’को पहिलो ‘सुनैना सुनैना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई र अञ्जु पन्तको स्वर, अर्जुन पोख्रेलको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा फिल्मको मुख्य कलाकार प्रेम सोनी र आयुष्मा कार्कीले अभिनय गरेका छन् ।

फिल्ममा प्रेमबहादुर सुनार(गहतराज) कथा लेखन, निर्माता तथा प्रस्तुतकता हुन् । उत्तम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माता रुपमा रहेका छन् । फिल्ममा दिपेन बस्नेत र दिनेश लामाको छायाकंन ,दिपेनकै सम्पादन, शंखर महर्जनको एक्सन ,राम गौतमको कोरियोग्राफी र राम गौतमको निर्देशन रहेको छ । फिल्ममा प्रेम र आयुष्मा सँगै कविता नेपाली, मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यमबहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतको कलाकारले अभिनय गरेका छन् । यो फिल्म मंसिर १३ गतेबाट प्रदर्शनमा आउदैछ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *