श्रद्धा कपूर बाघी ३ मा अनुबन्धित : श्रद्धाको लागी लेखे साजिद नाडयाडवालाले हाते चिठ्ठी, यस्तो दिइन जवाफ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडमा अभिनेत्री श्रद्धा कपूरको हाल निकै चर्चा रहेको छ । उनको फिल्म बैक टू बैक र फिल्म छिछोरे रिलिज भैसकेको छ । यी दुवै फिल्मले बक्स अफिसमा धमका मच्चाइरहेको छ । अब उनलाई बागी ३ बनाउनको लागी निर्माता साजिद नाडियाडवालाले भावनात्मक सन्देश लेखेका छन् । यसको पनि निकै चर्चा भइरहेको छ ।

त्यसैले श्रद्धा कपूर अहिले आफ्नो २ फिल्मको सफलता र बागी ३ को अफरले गर्दा निकै खुसी छिन् ।बागीमा श्रद्धाले काम गरेकी थिइन् ,तर बागी २ मा दिशा पटानीले टाइगर श्राफसँग काम गरेकी थिइन् ।

साजिदले सामाजिक सञ्जालमा श्रद्धाको नाममा यस्तो सन्देश लेखे ,तिमीले हामी सबैलाई खुसी हुने मौका दिएका छौ , बागीको तेस्रो भागमा फर्कनको लागी हामी तिम्रो स्वागत गदछौँ । हामी तिम्रो एक्सन अवतार देख्नको लागी पर्खाइमा छौँ । आजदेखि यो शानदार यात्राको सुरुवातको लागी धेरै धेरै बधाई । त्यसपछि श्रद्धाले पनि खुसी हुदै , आफु काम गर्न निकै उत्साहित भएको लेखेकी छिन् ।

बागीको सबै सिरिजलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । यस सिरिजको पहिलो भागलाई शब्बीर खानले निर्देशन रहेका थिए । दोस्रो भागलाई अहमद खानले निर्देश्न गरेका थिए । अब तेस्रो भागमा पनि अहमदले नै निर्माण गदैछन् । यता तीनवटै फिल्ममा टाइगर श्राफले अभिनय गरेका गदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *