फोब्र्सको सूचीमा सर्वाधिक धेरै कामाउने खेलाडी बने मेस्सी, रोनाल्डो दोस्रो र नेयमार तेस्रो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः ‘फर्ब्स’ ले सन् २०१८ मा सर्वाधिक कमाइ गर्ने १०० खेलाडीको सूची सार्वजनिक गरेको छ ।सूचीमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी पहिलो नम्बरमा छन् । उनी पहिलो पटक यो सूचीको पहिलो नम्बरमा परेका हुन् ।

गत वर्ष सर्वाधिक कमाउनेको सूचीमा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो थिए । मेस्सीले सन् २०१८ मा सबैखाले गरेर कूल १२७ मिलियन अमेरिकन डलर आम्दानी गरे ।

दोस्रो नम्बरमा रहेका रोनाल्डोले २०१८ मा सबैखाले गरेर कूल १०९ मिलियन अमेरिन डलर कमाए । तेस्रो नम्बरमा रहेका पिएसीका ब्राजिलियन स्टार नेयमारले कूल १०५ अमेरिकन डलर कमाइ गरेका छन् ।

शिर्ष दशमा को–को छन् ?

मेस्सी (अर्जेन्टिना, बार्सिलोना) – १२७ मिलियन

रोनाल्डो (पोर्चुगल, युभेन्टस) – १०९ मिलियन

नेयमार (ब्राजिल, पिएसजी) – १०५ मिलियन

क्यानेलो अल्भारेस, बक्सर (मेक्सिको) – ९४ मिलियन

रोजर फेडेरर, टेनिस (स्वीट्जरल्यान्ड) – ९३.४ मिलियन

रसेल विल्सन, फुटबल (अमेरिका) ८९.५ मिलियन

आरोन डोडगर्स, फुटबल (अमेरिका) – ८९.३ मिलियन

लेब्रोन जेम्स, बास्केटबल (अमेरिका) – ८९ मिलियन

स्टेफेन करी, बास्केटबल (अमेरिका) – ७९.८ मिलियन

केभिन डुरान्ट, बास्केटबल (अमेरिका) – ६५.४ मिलियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *