यार्सागुम्बा: स्वास्थ्यबारे सामान्य ख्याल पनि गर्दैनन् यार्सा टिप्न जानेहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बहुमूल्य जडीबुटी यार्सा टिप्न डोल्पाको सागर पाटन पुगेको पहिलो दिनमै नलगाड नगरपालिका-६, जाजरकोटका सबिन बिकको लेक लागेर मृत्यु भयो।पैसा कमाएर वर्षभरीको गर्जो टार्ने योजनासहित उनी आफ्ना दाइ प्रेमसँगै पाटन पुगेका थिए।”दिनभरी यार्सा टिपेर बस्ने ठाउँमा फर्केपछि टाउको दुख्यो भन्दा भन्दै जेठ १७ गते राति भाइको मृत्यु भयो,” दाइ प्रेमले भने, “बचाउन धेरै प्रयास गरे पनि सकिएन। लासलाई पाटनमै गाडेर घर फर्किएँ।”

सबिनसहित यो मौसममा यार्सा टिप्न उच्च हिमाली क्षेत्रमा पुगेका ९ जनाले ज्यान गुमाएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

लापरबाही

यार्सा पाइने ठाउँमा लेक लाग्छ भन्ने थाहा भए पनि पूर्व तयारी केही नभएकोले भाइलाई गुमाउनु परेको प्रेमले बताए।”लेक लाग्दा खाने भनेर घरबाट लसुन, टिमुर, खुर्सानी र मह लगेका थियौं त्यसले पनि काम गरेन,” प्रेमले भने।यार्सा पाइने पाटनमा बोटबिरुवा हुँदैनन्। कतिपय ठाउँमा त हिँउ पन्छाउँदै यार्सा टिप्नुपर्छ। बादल लाग्ने बित्तिकै हिउँ पर्न थाल्छ प्रवेश बानियाँ, यार्सा टिप्न गएका स्थानीय बासिन्दा

यार्सा टिप्दा लेक लागेर बिरामी भइ घर फर्किएका प्रवेश बानियाँले पाटनमा लेक लाग्छ भन्ने थाहा हुँदाहुदै पनि अधिकांश पूर्व तयारी बिना नै जाने गरेको बताए।

“पाटन चढ्दै जाँदा एकाएक दम बढ्यो त्यसपछि असहज महसुस हुने बित्तिकै फर्किएर बाँचे,” उनले भने, “यार्सा पाइने पाटनमा बोटबिरुवा हुँदैनन्। कतिपय ठाउँमा त हिँउ पन्छाउँदै यार्सा टिप्नुपर्छ। बादल लाग्ने बित्तिकै हिउँ पर्न थाल्छ।”

यार्सा भेटाउने प्रतिस्पर्धा हुने भएकोले स्वास्थ्यबारे खासै ध्यान नदिने गरेको यार्सा टिप्न तीन पटक डोल्पाका पाटन पुगेकी लक्ष्मी खड्का बताउँछिन्। उनी भन्छिन्, “हेलचेक्रयाइँले गर्दा ज्यान गएको देखेकी छु। त्यसैले लापरवाही गर्नु हुँदैन।”

यार्सा टिप्न जानेले लेक लाग्नबाट जोगिन घरेलु औषधीको रुपमा खुर्सानी, टिमुर, मह, चिनी र लसुन लिएर गएका हुन्छन्। “दम बढ्न थालेपछि त्यही लसुन औषधीको रुपमा खान्छन्। यो बाहेक उनीहरुसँग अरु औषधी हुँदैन। बिरामी भइहाले डोल्पाको दुनैसम्म पुर्‍याउन धेरैजसो पाटनबाट हिँडेर ३/४ दिन लाग्छ,” लक्ष्मीले भनिन्। पाटनमै उपचारको व्यवस्था नहुँदा उपचारको लागि स्वास्थ्य चौकी भएका ठाउँमा ल्याउँदै गर्दा बिरामीको बीच बाटोमै मृत्यु हुने गरेको आफन्तले जनाएका छन्।

‘सुनभन्दा महँगो’ यार्सागुम्बा

डाक्टरको सल्लाह

पूर्व तयारी र सावधानी बिना नै पाटन जाने भएकोले उनीहरू बिरामी पर्ने र कतिपयले त ज्यानै समेत गुमाउने गरेका छन्।यार्सा समुद्री सतहबाट ३ हजार ६ सयदेखि ५ हजार मिटरको उचाइमा पाइन्छ। पाटनमा जतिमाथि गयो त्यति नै अक्सिजन कम हुँदै जान्छ।अक्सिजनको कमीले स्वास फेर्न कठिन हुने, टाउको दुख्ने, उल्टी हुनेजस्ता समस्या देखा पर्छन्।

डाक्टर अर्चना कार्की भन्छिन्, “सास फेर्न गाह्रो हुने बित्तिकै जुन ठाउँमा हो त्यही ठाउँमा बस्नुपर्छ। तुरुन्तै तल फर्किन हुँदैन। यस्तो बेला २४ देखि ४८ घण्टासम्म एकै ठाउँमा बस्नुपर्छ। त्यसपछि २/३ घण्टा हिँड्दै अनि एक/डेढ घण्टा आराम गर्दै तलतिर झर्नुपर्छ। आत्तिएर झर्न खोजे झन् जोखिम बढ्छ।”यार्सा टिप्न जानु भन्दा तीन/चार महिना पहिलादेखि नै अग्लो पहाड चढ्ने अभ्यास गर्न र स्वास्थ्य चेकजाँच गराएर मात्र यार्सा टिप्न जान डा.कार्की सुझाव दिन्छिन्।

पाटन भरिभराउ

डोल्पा जिल्लाको कुनासा, कागमारा, जगदुल, फुलबारी, सागबारी, ग्यालबारा, सागर, नाउरे, छुताङ, धो, ताक्सी, सिसौल यार्सा पाइने मुख्य पाटनहरू हुन्।सास फेर्न गाह्रो हुने बित्तिकै जुन ठाउँमा हो त्यही ठाउँमा बस्नुपर्छ। तुरुन्तै तल फर्किन हुँदैन। यस्तो बेला २४ देखि ४८ घण्टासम्म एकै ठाउँमा बस्नुपर्छ

१३ हजार भन्दा बढी मान्छेहरू निकुञ्जबाट अनुमति लिएर यार्सा सङ्कलनमा गएको शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज डोल्पाले जनाएको छ।

उनीहरूबाट यार्सा सङ्कलन प्रवेशाज्ञा बापत झण्डै ३ करोड रुपैयाँ राजश्व सङ्कलन भएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले बताए।

यार्सा

सुरक्षाकर्मी पहिचान

यार्सा टिप्नेको सुरक्षाको लागि प्रहरी, सेना र निकुञ्जका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

पाटनहरूमा नागरिकको सुरक्षा गर्न, लुटपाट, चोरी डकैती नियन्त्रण गर्न, यार्सा संकलनलाई व्यवस्थीत गर्न, वन्यजन्तुको चोरी शिकार रोक्न सुरक्षाकर्मी परिचानल गरिएको निकुञ्जले जनाएको छ ।

सुरक्षाकर्मीले विरामी परेकालाई ८ जनालाई उद्धार र कतिपयलाई उपचार गरेका छन् । निकुञ्ज क्षेत्रमा करिव सय जना सेना र ६० जनाजति निकुञ्जका कर्मचारी परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

पाटनमा जोखिम बढी हुने भएकाले १६ बर्षमुनीका बालबालिका र गर्भवती महिलालाई जान रोक लगाएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले बताए ।

चेक प्वाइन्टबाट जान नदिएपछि कतिपय रातको समयमै चेक प्वाइन्ट छलेर जाने र जोखिममा पर्ने गरेका छन् ।

एक जनाले कम्तिमा पनि ४/५ सय वटा यार्सा टिप्छन्। पाटनमै एउटा यार्साको ५ सयदेखि पन्ध्र सय रुपैयाँमा किनबेच हुन्छ ।

एक महिनामा एकजनाले ५/६ लाख रुपैयाँ कमाउँछन्। टिपेकै दिन यार्सा बिक्री हुन्छ। व्यापारीहरूले पहिले नै उनीहरूको रोएल्टी तिरी दिने, कतिपयले त खान र बस्नको पनि व्यवस्था गरिदिन्छन्। बिबिसीबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *