डन्डीफोर आएर चिन्तामा हुनुहुन्छ ?त्यसोभए यी ७ घरेलुविधी अपनाउनुस् , ठिक हुन्छ (विधीसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सबै मानिसहरुको चाहना आफ्नो अनुहार सुन्दर ,कोमल र चम्किलो बनाउने हुन्छ । तर सुन्दर बन्ने चाहना हुदाँहुदै पनि अनुहारमा विभिन्न किसिमको चायाँ पोतो ,डण्डीफोर आउँछ । त्यसपछि हामी अनुहारको डण्डीफोर हटाउने विधी खोज्दै अस्पतालमा गएर पैसा र समयको खर्च गछौँ ।त्यसैले आज हामी तपाईहरुलाई अनुहारको डण्डीफोर हटाउने सजिलो घरेलु उपाय बताउदै छौँ । हेरौ

मह
हाम्रो घरमै पाइने मौरीको महँ डण्डीफोर हटाउने अचुक औषधी हो ।त्यसका लागी तपाईले डण्डीफोर आएको ठाँउमा महँलाई दलेर १५ मिनेटजति सुकाउन छोडिदिनुस् ।अनि १५ मिनेटपति चिसो पानीले अनुहारलाई राम्ररी धुनुस् । यसरी दैनिक महँको प्रयोग गर्नुभयो भने केही दिनमै डण्डीफोर हट्नुको साथै सुन्दर हुनेछ ।

ल्वाङ
हामीले दैनिक प्रयोग गर्ने ल्वाङ पनि डण्डीफोरको अचुक औषधी नै हो । किनभने ल्वाङमा काव्रोहाइड्रेट ,प्रोटिन जस्ता तत्वहरु पाइन्छ । त्यसका लागी सुरुवातमा एउटा सानो भाँडामा सानो एक कप जति पानीमा ल्वाङ हालेर उमाल्नुस् । अनि पानी उमिल्एपछि चिसो बनाएर ल्वाङ मुछेर पेष्ट बनाउनुस् । अनि उक्त पेष्टलाई डण्डीफोर भएको ठाँउमा लगाएर आधा घण्टा जति मज्जाले सुकाउनुस् । अन्तत आधा घण्टापछि सफा पानीले अनुहारलाई धुनुस् । यसरी नै नियमित प्रयोग गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनुका साथै डण्डीफोर पनि हटेर जानेछ ।

केरा
केरा मात्र होइन् , केराको बोक्रा पनि डण्डीफोर आएको ब्यक्तिहरुको लागी फाइदाजनक हुन्छ । किनभने केराको प्याक बनाएर अनुहारमा लगाउनाले छाला कोमल र सुन्दर हुनेछ ।त्यसका लागी एउटा केरालाई ताछेर त्यसमा महँ मिसाएर सफा हातले राम्ररी मुछ्नुस् ।अनि यो प्याकलाई अनुहारमा लगाएर एकछिन सुकाउनुस् । केही समय सुकेपछि त्यसलाई सफा पानीले धुएपछि आइस दलेर मसाज गर्नुस् । त्यस्तै यदि तपाईसँग महँ छैन भने केरालाई दहीसँग मुछेर लगाउदा पनि हुन्छ । यसरी नै तपाई यो घरेलु उपायलाई नियमित प्रयोग गर्नुभयो भने डण्डीफोर हटेर जानेछ ।

कागतीको रस
कागती डण्डीफोरको अचुक औषधी हो । त्यसका लागी थोरै महँ वा पानीसँग कागतीको रसलाई चम्चाले राम्ररी मिक्स गर्नुस् । अनि अनुहारमा मज्जाले लगाउनुस् । यदि सक्नुहुन्छ भने कागतीको सिधै अनुहारमा लगाउदा पनि हुन्छ । तर सिधै लगाउदा अनुहार पोल्छ । त्यसपछि हेर्नुस् ,तपाईको अनुहारमा भएको डण्डीफोर हटेर कस्तो चमक आउनेछ ।

चन्दन पाउडर
डण्डीफोरको समस्याबाट मुक्ति पाउने अर्को उपाय भनेको चन्दन पाउडर पनि हो । त्यसका लागी एउटा कचौरामा एक चम्चा बेसन ,दही, चन्दन पाउडर र कागतीको रसलाई चम्चाले राम्ररी मिक्स गर्नुस् । अनि अनुहारमा हातले लेप लगाए जसरी नै लगाउनुस् । त्यसपछि केही समय सुकाएर सफा पानीले मुख धुनुस् । डण्डीफोर ठिक हुनेछ ।

बाफ लिने
डण्डीफोरको समस्या भएको ब्यक्तिहरुले अनुहारमा बाफ लिनु फाइदाजनक हुन्छ । किनभने बाफले अनुहारको फोहोर र मृत छालाको समस्यालाई हटाएर पोषण दिन्छ । तर बिचार गर्नुस , बाफ लिएपछि अनुहारलाई हातले होइन् , कटन प्याडले पुछ्नुस् । हातले पुछ्दा डण्डीफोरको समस्या झन बढ्न सक्छ । यसरी नै नियमित बाफ लिएमा डण्डीफोरको लागी फाइदाजनक हुन्छ ।

गोलभेँडा
गोलभेँडा पनि हाम्रो डण्डीफोरको लागी मात्र नभएर पुरै स्वास्थ्यको लागी नै फाइदाजनक हुन्छ । किनभने गोलभेँडामा पाइने तत्व छालाको लागी एकदमै गुणकारी हुन्छ । त्यसका लागी एउटा गोलभेँडालाई आधा काटेर अनुहारमा राम्ररी लगाउनुस् । अनि आधा घण्टाजति त्यतिकै छोडिदिनुस् । त्यसपछि सफा पानीले पखाल्नुस् । अन्तत हेर्नुस् यसले पनि कागतीले जस्तै डण्डीफोर मात्र हटाउने होइन् , पुरै अनुहारमा चमकता दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *