बलिउडका यी ४ अभिनेत्रीहरु , जो श्रीमानसँगको सम्बन्धबाट नभई बोइफ्रेन्डसँगको सम्बन्धबाट भएका थिए गर्भवती (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडमा केही सेलिब्रटीहरु समय समयमा विभिन्न कारण चर्चामा आइरहन्छन् । कोही बलिउड भित्रकै कलाकार, निर्माता, निर्देशकहरुसँगको प्रेम सम्बन्ध कारण चर्चामा आउछँन् भने कोही अन्य कारण चर्चामा आउने गर्छन् । त्यस्तै आज हामी तपाईहरुलाई विवाह अघि नै गर्भवती भएर चर्चामा आएका बलिउडका ४ अभिनेत्रीको बारेमा कुरा गदै छौँ । हेरौ को को हुन् ?

अमृता अरोरा
अभिनेत्री अमृता अरोरा पनि विवाह अगाडि नै गर्भवती भएको थिइन् । उनले यो कुराको विवाह भएको केही दिनमै म आमा बन्दै छु भनेर जानकारी दिएकी थिइन् । किनभने अमृता विवाह अगाडि बोइफ्रेन्ड सकिलसँगको प्रेम सम्बन्ध रहेकी थिइन् । सोही क्रममा नै आफु गर्भवती भएको थाहा पाएपछि अमृताले हतारहतार विवाह गरेकी थिइन् । उनी मलाईका अरोराको बहिनी हुन् ।

सेलिना जेटली
बलिउडकी चर्चित अभिनेत्री सेलिना जेटली पनि विवाहअघि नै गर्भवती भएकी थिइन् । जुन कुराले एक समय तहल्का नै मच्चाएको थियो । उनी विवाहअघि नै बोइफ्रेन्ड पिटर हगसँगको सम्बन्धबाट गर्भवती भएकी थिइन् । उनले विवाह गरेको केही महिनापछि जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् ।

कोन्कणा सेन शर्मा
दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री कोन्कणा सेन शर्मा पनि विवाह अगाडि नै गर्भवती भएको हल्ला चलेको थियो । भारतीय सञ्चार माध्यमले बताए अनुसार कोन्कणाले विवाह अगाडि नै गर्भवती भएकाले गर्भपतन गराएको थिइन् । त्यसपछि मात्र उनी रणबीरसँग डेट गर्न सुरु गरेर ,सोही सम्बन्ध विवाहमा परिणत भएको थियो ।

सारिका ठाकुर
अभिनेत्री सारिका ठाकुर पनि गुपचुप प्रेमसम्बन्धको कारण विवाह अगाडि नै गर्भवती भएकी थिइन् । उनी दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित नायक कमल हसनसँग अफेयरको क्रममा नै गर्भवती भएकी थिइन् । त्यसपछि उनीहरुले आफ्नो प्रेमीको सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *