बलिउडका यी ३ कलाकारहरु ,जसले प्रेम असफल भएपछि गरे मागी विवाह (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । प्रत्येक प्रेम जोडीको चाहना प्रेम गरेपछि त्यही ब्यक्तिसँग विवाह गरौ भन्ने हुन्छ । तर सबैको यो चाहना विभिन्न कारण पुरा हुदैँन् । त्यस्तै आज हामी बलिउडमा प्रेम सम्बन्ध असफल भएका जोडीहरुको बारेमा कुरा गदै छौँ । जसले आफ्नो चोखो प्रेम असफल भएपछि आमाबुबाको रोजाईमा मागी विवाह गरेका थिए । हेरौ को को हुन् ती कलाकारहरु ?

माधुरी दीक्षित
बलिउडकी चर्चित अभिनेत्री माधरी दिक्षित प्रेम एउटासँग र विवाह अर्कैसँग गर्ने नायिकामा पर्छिन् । किनभने माधुरी कुनै समय संजय दत्तसँग गहिरो प्रेममा परेकी थिइन् । तर जब संजय आतंकबादको मुद्धामा जेल परेपनि माधुरीले श्री राम नेनेसँग मागी विवाह गरेकी थिइन् । अहिले उनीहरुको २ सन्तान रहेको छ ।

शहिद कपुर
बलिउडका चर्चित अभिनेता शहिद कपुरको पनि थुप्रै अभिनेत्रीहरुसँग प्रेम सम्बन्ध रहेको हल्ला चलेको थियो । कुनै समय शाहीद करीनासँग प्रेममा रहेको चर्चा चलेको थियो ।तर फेरी फिल्म जब वी मेट रिलिज भएसँगै प्रेम सम्बन्ध टुटेको खबर पनि आएको थियो । त्यस्तै शहिदको प्रियंकासँग पनि सम्बन्ध रहेका हल्ला चलेको थियो । तर अन्तत शहिदले दिल्लीकी मिरा राजपूतसँग मागी विवाह गरे ।

विवेक ओबराय
विवेक ओबरायले पनि आफ्नो प्रेम असफल भएपछि प्रियंका अल्वासँग मागी विवाह गरेका थिए । किनभने कुनै समय विबेकको ऐश्वर्यासँग प्रेम सम्बन्ध रहेको भन्दै बलिउडमा ठुलो हल्ला मच्चिएको थियो । यही दुईको सम्बन्धले सलमान खानसँग पनि विवेकको झगडा भएको थियो ।तर अन्तत विवेक र ऐश्वर्याको प्रेम सम्बन्ध टुट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *