पैदल हिँड्नु स्वस्थ्यको लागी एकदमै फाइदाजनक : यी ६ रोगबाट पाइन्छ मुक्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । पैदल हिँड्नु स्वस्थ्यको लागी एकदमै फाइदाजनक हुन्छ । किनभने पैदल हिड्ने मानिसहरु शारिरिक र मानसिक रुपमा एकदमै फिट हुन्छन् । तर शहरमा मानिसहरु ५ मिनेटको बाटो तरकारी किन्न जानु पनि बाइक चढेर जान्छन् । अझ शहरमा अफिस जादाँ होस् या फर्कदा धूलो र धुँवाले समय र स्वास्थ्य दुवै बर्बाद हुने डरले १५ मिनेटको बाटो पनि गाडी वा बाइक चढेर जान्छन् । जसको फलस्वरुप हामीलाई विभिन्न प्रकारको घातक रोगहरु लागेर अकालमै ज्यान जाने खतरा हुन्छ । त्यसपछि हामी ज्यान बचाउनको लागी जिन्दगी भरी मिठा खानेकुराहरु त्यागेर त्यही धुलो र धुवाँ भएको शहरमा विहान दौडन बाध्य हुन्छौँ ।

तर हामी दिनमा १५ देखि ३० मिनेट पैदल हिड्यौ भने स्वास्थ हुन्छौँ । किनभने दिनभर हामी अफिसको काममा होस् या साथीभाईसँग कुर्सीमा बसेर घण्टौसम्म काम गर्दा शरिर र दिमाख लाटो भएको हुन्छ । यदि उक्त शारिरिक र मानसिक थकानलाई हटाउनको लागी पैदल हिड्न जरुरी छ । पैदल हिडेमा यस्तो घातक रोगबाट पनि बच्न सकिन्छ ।

-चिकित्सको अनुसार पैदल हिँड्दा मुटु रोगबाट बच्न सकिन्छ ।

-पैदल हिड्दा मांशपेशी, हड्डी र जोर्नी बलियो हुन्छ ।

-यदि नियमित ३० मिनेट पैदल हिडेमा मधुमेह, उच्च रक्तचाप जस्तो समस्या पनि बच्न सकिन्छ ।

-पैदल यात्राले मोटोपनको समस्यालाई हटाएर तौल नियन्त्रण गर्न मदत गर्दछ ।

-पैदल हिड्नाले आखाँको दृष्टि बढ्नुको साथै स्मरणशक्ति समेत बढ्नेछ ।

-मानिसहरुको तनावलाई हटाएर मानसिक रुपमा फिट राख्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *