‘ड्रिम गर्ल’ काे ट्रेलर सार्वजनिक, यस्तो अवतारमा देखिए आयुष्मान खुराना (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । राष्ट्रिय अवार्ड जितेका आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनी एकदमै फरक अवतारमा देखिएका छन् । जुन अवतार देखेर तपाईलाई हास्दा हास्दै नराम्रो लाग्नेछ । ‘ड्रिम गर्ल’मा आयुष्मानको भूमिका कल सेन्टरमा काम गर्ने कामदार रहेको छ । जहाँ उनले केटीको आवाज निकालेर कुरा गर्छन् ।

एकता कपुरले निर्माण गरेको फिल्मको राज सान्डील्यले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा आयुष्मानसँगै नुश्रत भरुचा, अन्नु कपुर, विजय राज, अभिशेख बंजारे, मंजोत सिंह, निधि बिष्ट, राजेश शर्मा, राज भन्साली लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म सेप्टेम्बर १३ बाट रिलिज हुदैँछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *