भूवन केसीको ‘एन्टी हिरो’ मा अनमोलको जोडी जसिता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायक तथा निर्माता भूवन केसीको चलचित्र ‘एन्टी हिरो’ मा अनमोलको जोडीको रुपमा जसिता गुरुङ देखिदै छिन् । यसअघि नायक प्रदीप खड्कासँग जोडी बाँधेकी उनी यो पटक अनमोलसँग जोडी बाँधेकी हुन् । केही दिन यता चलचित्रको लागी २ नायिका भूवनको नजरमा आएका थिए , जसमध्ये साम्राज्ञी आरएल शाह र जसिता गुरुङ । तर साम्रात्रीसँग खासै राम्रो सम्बन्ध नभएकाले जसितालाई चलचित्रमा अफर गरेको अनुमान लगाउन सकिन्छ । यस विषयमा जसिता पनि सकरात्म नै छिन् । हाल उनीहरुबीच मौखिक सहमति भएको तर ,साइन गर्न भने बाँकी रहेको छ ।

एक्सन र लभ स्टोरी जनरामा बन्ने चलचित्रको लागी अनमोल शरीर सुंगठित बनाउन जिम धाइरहेका छन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र ‘एन्टी हिरो’ को तिहारपछि छायाकंन सुरु हुने निमार्ता तथा नायक भूवनले जानकारी दिए ।

यस चलचित्रमा (बाबु) भुवन केसी र (छोरो) अनमोल केसीलाई सँगै पर्दा देख्न पाइने भएको छ । उहाँका अनुसार अनमोलले नायक र भुवनले खलनायक भूमिका निभाउदै छन् । यसअघि चलचित्र क्याप्टेनमा बाबु छोरा गीतमा मात्र सँगै देखिएका थिए । तर यो पटक पुरै चलचित्रमै दुवैजना हुनेछन् ।अहिले चलचित्रको निर्देशक र अन्य टिमको खोजी भइरहेको छ । साथै चलचित्रको अहिले स्क्रिप्टको फाइनल गर्ने काम भैरहेको छ ।

तर यो फिल्म भन्दा अघि नै जसिताले निर्देशक रेनशा वान्तवा राईले निर्देशन गर्ने नयाँ फिल्म ‘आईएम ट्वान्टिवान’ मा अनुबन्ध भइसकेकी छन् । अब उनको हातमा २ चलचित्रहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *