हलमा आजबाट सन्नीको ‘पासवर्ड’र जय किशनको ‘हिरो नं १’ को भिडन्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज शुक्रबारबाट हलमा २ नेपाली चलचित्र प्रर्दशनमा आएको छ । बलिउड अभिनेत्री सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’र नायक तथा निर्माता जय किशन बस्नेतको चलचित्र ‘हिरो नं १’ प्रर्दशन आएको हो । यता ‘पासवर्ड’ टिम सन्नीको कारणले राम्रो ब्यापार गर्नेमा ढुक्क रहेका छन् भने उता हिरो नं १ पनि आफ्नो राम्रो विषयवस्तु भएकाले फ्लप नहुने ढुक्क छन् ।

नायक , निर्देशक तथा निर्माता समेत रहेको जय किशनको चलचित्रमा बिनोद सापकोटाको छायांकन र सुदीप पाण्डेको सम्पादन रहेको छ । चलचित्रमा जय किशन बस्नेत र एलिना रायमाझीसँगै जाहान्वी बस्नेत, राजीव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छन् ।

त्यस्तै ,सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र ‘पासवर्ड’ को कथा नेपालको बहुमुल्य मुर्ती चोरेर विदेश पुर्याएपछि उत्पन्न हुने परिस्थितीमा आधारित रहेको छ । चलचित्रलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा सौरभ लामाको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रमा सन्नीसँगै अनुपिक्रम शाही , धिरेन शाक्य , बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *