यी बच्चा आज छन् साउथ फिल्मको ठुलो सुपरस्टार ,३० वर्षपछि देखिन्छन् यस्तो , को हुन् ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । तेलुगु फिल्मको क्षेत्रमा लगातार ब्लगबस्टर फिल्म दिने महेश बाबु अभिनय मात्रै होइन् ,आफ्नो लुक्सले पनि निकै चर्चित छन् । हाल उनको ३० वर्ष पहिलेको तस्विर बाहिरिएको छ । तस्विरमा आफ्नो नयाँ फिल्म सारीलेरु निक्केवारु को स्टार विजयशान्तिको साथमा देखिएका छन् । यो तस्विर महेश बाबुले आफ्नो इंस्टाग्राममा ३० वर्ष पुरानो तस्विर सेयर गदै यस्तो लेखेका छन् , यो सब यसरी सुरु भएको थियो , १९८९ मा , ३० वर्षपछि फेरी विजयशान्तिसँग काम गर्ने मौका मिलेको छ । जिन्दगी एक पूरा गोलो चक्कर हो ।

तपाईलाई थाहा छ , महेश बाबुले आफ्नो अभिनयको सुरुवात बाल कलाकारबाट सुरु गरेका थिए ।उनले अभिनेत्री विजयशान्तिको साथ कोडुकू ददिना कपूर मा काम गरेका थिए । अहिले पनि उनैसँग काम गदैछन् ।

महेश बाबुको जन्मदिनको अवसरमा उनको नयाँ फिल्मको फस्र्ट लुक सार्वजनिक भैसकेको छ ।फिल्ममा महेश आर्मी मेजरको भूमिकामा देखिदैछन् । यस फिल्ममा महेश बाबुसँगै रश्मिका मंदाना, प्रकाश राज, विजयशान्ति, राजेन्द्र प्रसाद र बाहुबली फेम राम्या कृष्णा पनि देखिदैछन् ।अनिल रविपुडीको निर्देशनमा बनेको फिल्म १७ जनवरीमा रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *