हाँस्यकलाकार ‘जोगिन्दर’ कलाकारितासँगै समाज सेवामा : आफु पढेको विद्यालयलाई गरे यति धेरै सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले आफु पढेको विद्यालयको छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन् । कलाकारितासँगै समाज सेवामा सक्रिय जोगिन्दरले बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड र विपन्न तथा जेहेनदार दुईजना छात्र र छात्रालाई छात्रवृत्तिका लागी आर्थिक सहयोग गरेका छन् । उनले बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका गरिदिएका छन् ।त्यसका साथै ४० हजार बराबरको कापीकलम समेत वितरण गरेका छन् ।

त्यस्तै कक्षा ५ सम्म पढेको पिपरभित्तास्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउन्डेसनकै नामबाट ५१ हजार रुपैयाँ र कापीकलम समेत प्रदान गरेका छन् । कार्यक्रममा रिजालले बोल्दै ’महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा पाए ,अनि कति विद्यार्थी शैक्षिक सामाग्रीहरु नभएर विद्यालय नआउने थाहा पाए त्यसैले जहाँबाट मैले ज्ञान पाए र आज यो स्थानमा छु त्यो मन्दिरलाई मैले सकेको सहयोग गरेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *