फिल्म ‘सम्हाली राख है’को फस्टलुक सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म ‘सम्हाली राख है’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको अनुमान गर्न सकिन्छ । तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन्। श्यामकृष्ण महर्जन फिल्मको सह निर्माता हुन् ।

आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा बिक्रम कार्कीको कथा, निर्देशक मोक्तानकै पठकथा सम्वाद ,ग्रीस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको कोरियोग्राफी, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।फिल्ममा अर्जुन कुवँर, सीतल केसी, राजेन्द्र गोपाली, आरोह बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ ।हाल सम्पादन सकेर धमाधम डबिङ भइरहेको फिल्ममा दशै र तिहारको बिच पारेर रिलिज गर्ने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *