चलचित्र ‘रातो टिका निधारमा’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र ‘रातो टिका निधारमा’ को शीर्ष गीत सार्वजनिक भएको छ । यो गीत अशोक शर्माकै चलचित्र ‘अल्लारे’मा समाविष्ट गितको रिमेक हो । नयाँ ‘रातो टिका निधारमा’ गीतमा प्रमोद खरेल र मेलिना राइले स्वर दिएका छन् । पुरानो गीतमा उमेश पाण्डे र रमाना श्रेष्ठले स्वर दिएका थिए । त्यस्तै गीतमा सहदेव ढुंगानाको शब्द र संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको छ । चलचित्रको शीर्ष गीतमा मुख्य कलाकारहरु देखिएको छन् ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायाकंन, देव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको कोरियोग्राफी र अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ ।चलचित्रलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । यो चलचित्रबाट अशोकको छोरा अंकित शर्मा नायकको रुपमा डेब्यू गरेका हुन् ।

चलचित्रमा साम्राज्ञी र अंकित संगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्म असोज १० गतेबाट रिलिज हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *