चेल्सीका प्रशिक्षक सारी युभेन्टस जाने, लाम्पार्ड चेल्सी आउने !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः चेल्सीका प्रशिक्षक माउरिसियो सार्री इटालियन च्याम्पियन युभेन्टस जाने पक्का भएको छ ।चेल्सी र सारीबीच ७ मिलियन पाउन्डमा सम्झौता भइसकेको छ । सार्रीको युभेन्टससँग आज नै आधिकारिक सम्झौता हुने बुझिएको छ ।

६० वर्षीय सार्रीले चेल्सीसँग गतवर्ष ३ वर्षको सम्झौता गरेका थिए । तर, खेलाडीसँगको खराबसम्वन्धका कारण चेल्सीले प्रशिक्षकलाई दुई वर्षको समयावधि रहँदै युभेन्टस जाने बाटो खुला गरिदिएको हो ।

सार्री युभेन्टस जाने पक्का भएसँगै चेल्सीले आफ्ना पुर्व खेलाडी तथा सर्वाधिक गोलकर्ता फ्रान्क लाम्पार्ड प्रशिक्षकका रुपमा स्टामफोर्ड ब्रिजमा ल्याउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *