‘सुपर ३०’ को बक्स अफिसमा दोस्रो दिनको कलेक्सन :ओपनिङमै राम्रो कलेक्सन ,यती धेरै करोड गर्यो कमाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेता रितिक रोशनको फिल्म ‘सुपर ३०’ले बक्स अफिसमा एकदमै राम्रो सुरुवात गरेको छ । पहिलो दिन सामान्य सुरुवात गरेको फिल्मले दोस्रो दिन (शनिवार) झन राम्रो कलेक्सन गरेको छ । ‘सुपर ३०’ले पहिलो दिनमा ११.८३ कलेक्सन गरेको थियो । यदपि यो कमाई अपेक्षा गरेभन्दा कम हो , तर कन्टेन्ट बेस्ट फिल्मको यो सुरुवातलाई राम्रै गनिन्छ ।

‘सुपर ३०’को दोस्रो दिनको कलेक्सन आधिकारिक रुपमा आएको छैन् । एक रिपोर्टका अनुसार ओपनिङको भन्दा धेरै राम्रो कलेक्सन गरेको जनाएको छ । अनुमान गरे अनुसार फिल्मले करिब १४ करोड रुपैया ब्यापार गरेको हो ।
त्यस्तै , गएको अन्तिम हप्ता प्रर्दशनमा आएको शहिद कपुरको फिल्मले कबिर सिहंले पनि अहिले हलमा राम्रो ब्यापार गरिरहेको छ । साथै बक्स अफिसमा पनि फिल्मको कलेक्सन लगातार बढिरहेको छ । त्यस्तै अभिनेता आयुष्मान खुराना स्टार फिल्म आर्टिकल १५ को कलेक्सन पनि राम्रै छ ।

कस्तो छ ‘सुपर ३०’?
फिल्मको पहिलो भाग दिल खोलेर सरहना गर्न योग्य छ । किनभने यस फिल्ममार्फत हरेक घरको गरिबको सत्यता देखाउने प्रयास गरेको देख्न सकिन्छ । ‘सुपर ३०’को सुरुवातीमा आनन्द कुमारको कलेज जीवन र सर्घष गदै अघि बढेको देख्न सकिन्छ । यो फिल्मले दर्शकहरुलाई अन्त्यसम्म सिटमै बाधेर राख्नेछ । किनभने यस फिल्ममा सबै मानिसहरु धनसम्पतिको कमी हुदाँ पनि इच्छाशक्तिको बलले सफल हुने प्रयास गरेको छ ।

बताए अनुसार फिल्मको कहानी विहारको आनन्द कुमारकै हो । जुन सुपर ३० मा मध्यम गरिब बच्चाको आईआइटी प्रवेश गर्ने तयारी गरेको छ । यो फिल्ममा ७० करोड बजेट लागेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *