चलचित्र ‘गीत गजल’ को पहिलो गीत ‘छ कि छैन तिमीलाई थाहा’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र ‘गीत गजल’ को पहिलो ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेको छ । त्यस्तै गीतमा अर्जुन पोखरेलको शब्द ,संगीत र उदय राज पौडेलले एरेन्ज गरेका छन् ।

भिडियोमा सुरेश काफ्लेको छायाँकन ,अर्जुन जिसी र सन्देश शाहको सम्पादन र नितिन चन्दलको कोरियोग्राफी रहेको छ । भिडियोमा रुप र आरोहीले अभिनय गरेका छन् । त्यस्तै आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नितिन चन्दकै निर्देशन रहेको छ । चलचित्रमा रुप र आरोहीसँगै रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली ,योगीशा खत्री लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र असोज २४ गतेबाट देशभर प्रदर्शन हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *