डाक्टर ओम मूर्तिका अनुसार धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । स्वास्थ्यको दृष्टिकोणले धेरै रिसाउने बानी राम्रो होइन् । किनभने रिसले हाम्रो स्वास्थ्यलाइ मात्र नभएर व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसायमै नोक्सान पुर्याउछ । त्यसैले डाक्टर ओम मूर्ति अनिलका अनुसार धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा हुन्छ । रिसले मतिष्कलाई मात्र नभएर मुटुलाई असर पर्दछ । डाक्टर ओम मूर्तिले सामाजिक सञ्जालमा एक सामाग्री सेयर गरेका छन् । हेरौ , जस्ताको तस्तै

एक दिनको कुरा हो ,मेरो अस्पतालको एकजना ब्यक्तिसँग भनाभन हुदाँ मलाई निकै रिस उठ्यो । जहाँ अप्रिय शब्दहरु पनि भनाभन भयो । त्यसपछि म गाडीमा घर फर्कदै थिए । त्यसैक्रममा मेरो देब्रे छातीमा अप्ठ्यारो महुसस भयो । अनि मैले घरआउने वित्तिकै रिसले मुटुमा कस्तो असर पर्छ भनेर खोजे ।

त्यसैक्रममा उनले एक अनुसन्धानमा धेरै रिसाउने ब्यक्तिलाई ह्रदयघातको खतरा हुने भेटे । उक्त अनुसन्धानमा अझ रिसले हृदयघात र मस्तिष्कघातको खतरा दुई देखि तीन गुणासम्म बढ्ने पाए । त्यस्तै अस्ट्रेलियाको सिड्नीमा गरिएको एक अनुसन्धानमा पनि २.२ प्रतिशतले ह्रदयघात हुनुभन्दा पहिले रिस उठेको पत्ता लाग्यो । यसर्थ रिस नउठेको व्यक्तिभन्दा रिस उठेको व्यक्तिमा ८ गुणा हृदयघात खतरा हुन्छ । किनभने रिसले शरिरका हर्मोनहरु परिवर्तन हुन्छ । त्यसैले हामीलाई रिस उठेको बेला पसिना आउँने, हात खुट्टा काप्ने र रातो रातो अनुहार हुने हुन्छ ।

ह्रदयघात हुने कारणहरु
-धेरै मानिसक रुपमा तनाव हुदा ह्रदयघातको खतरा हुन्छ ।

-कहिलेकाँही नियमित खाइरहेको औषधी खान छोड्दा पनि ह्रदयघात हुन्छ ।

-मुटु ,मधुमेह, उच्च रक्तचापको रोग भएको ब्यक्तिलाई पनि ह्रदयघातको खतरा हुन्छ ।

-यदि धुम्रपान ,मद्यपान गर्ने बानी भएका र उच्च क्लोस्टोर भएका व्यक्तिलाई रिस उठ्यो भने पनि हृदयघात हुने खतरा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *