प्रभासको फिल्म ‘साहो’ ले रिलिज अगावैै कमायो ३ सय २० करोड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ३० अगष्टमा रिलिज हुने फिल्म ‘साहो’ लाई लिएर यतिखेर दर्शकहरु निकै उत्साहित भएका छन् । यसको मुख्य कारण बाहुबली स्टार प्रभास नै हो । त्यसो त उनले यस फिल्मबाट सय करोड पारिश्रमिक लिएको हल्ला समेत चलेको छ ।

भारतीय मिडियाहरुको अनुसार यस फिल्मको बजेट ३ सय ५० करोड लागेको जनाएको छ । तर रिलिज अगावै फिल्मले ३ सय २० करोड कमाई गरिसकेको जनाएको छ । साहो निर्माण टिमले अहिले थिएट्रिकल राइट्स ३ सय २० करोडमा बिक्री गरेका छन्। अझै यो फिल्मको सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन बाँकी छ । निर्माताले फिल्मको एक्सन सिन र भिएफएक्समा कुनै सम्झौैता गरेका छैनन् । त्यसैले अहिले फिल्मले लगभग आफ्नो लगानी सुरक्षित गरिसकेकाले निर्माण टिम समेत निकै खुसी छन् ।

फिल्मको सुजित सिंहले निर्देशन गरेका हुन् । यो फिल्म तेलुगु ,तमिल र हिन्दी भाषामा बनेको छ ।फिल्ममा प्रभास र श्रद्धाको अलवा निल नितिन मुकेशको भिलेनको भूमिका रहेको छ । यसका साथै फिल्ममा चंकी पान्डे ,जैकी श्राफ र महेश माजरेकरको प्रमुख भूमिका रहेको छ । हाल फिल्मका कलाकार प्रचार प्रसारमा ब्यस्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *