कपाल किन झर्छ ? यस्तो छ कारण र उपचार (हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठको टिप्स)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अधिकांश मानिसहरु कपाल झर्ने समस्याले चिन्तित हुन्छन्। किनभने कपाल झर्दा समस्या खासै जटिल समस्या नभएपनि यसले अनुहारको वास्तविक सुन्दरतालाई कुरुप बनाउँछ । त्यसपछि मानिसहरु कपाल झर्ने समस्याबाट बच्नको लागी पार्लरमा गएर पैसा र समय दुवै बर्बाद गर्दछन्। तर पनि कपाल झर्ने समस्या ठिक हुदैन्, झन कपाल झरेर तालु मात्र बाँकी रहन्छ ।यीनै सन्दर्भमा प्रशिद्ध ब्रान्ड ‘हेयर एन्ड शान्ति’ का संचालक एवं हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठसँग हामीले यसबारे केहि कुराकानी गरेका छौँ।

पछिल्लो समय थुप्रै मानिसहरु कपाल झरेर निकै नै चिन्तित हुनुहुन्छ , के कारण कपाल झर्ने गर्छ ?
उहाँ यसो भन्नुहुन्छ : मानसिक तनाव, असन्तुलित खानपान, पानीको कमी, वंशाणुगत गुण, स्कुटी वा बाइक चलाउदा हेल्मेटको कारण पनि झर्ने गर्छ साथै कपाल सफा गर्दा लगाउने श्याम्पूले पनि झर्छ ।स्याम्पु युज गर्नु पुर्व आफ्नो कपाल कस्तो खालको छ त्यहि अनुसारको स्याम्पु प्रयोग गर्नुपर्छ ।

हजुरको सेलुन ‘हेयर एण्ड शान्ति’ मा कस्ता प्रकारका हेयर ट्रिटमेन्ट गरिन्छ जसले गर्दा कपाल झर्न रोकिन्छ ?
फ्रोसभेक्टर ट्रिटमेन्ट, स्मार्टबोन ट्रिटमेन्ट , फाइबरस्ट्रोङ ट्रिटमेन्ट , केराटिन ट्रिटमेन्ट, गरेमा कपाल झर्ने समस्या हटेर जान्छ ।

घरेलु विधीबाट चाहिं कसरी कपाल झर्ने समस्याबाट मुक्ति पाउने त?
टमाटर जुस लगाउने, एलोभेरा जेल लगाउने, दही ,अण्डा लगाउने र साथै खानामा प्रोटिनयुक्त खानेकुरा खाने हरियो सागसब्जी र फलफूल धेरै खाने , पानी धेरै पिउने नियमित ब्यायाम गर्ने र साथै स्याम्पुले कपाल नुहाएपछि अनिवार्य कन्डिसनरको प्रयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *