फर्स्ट रिब्यू : फिल्म “बटला हाउस”को तारिफ , फ्यानहरुले भने -जोन अब्राहमलाई राष्ट्रिय पुरस्कार दिनुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । जोन अब्राहमको फिल्म “बाटला हाउस” १५ अगस्टमा सिनेमा हलमा रिलिज हुदैँछ । यो फिल्मको मंगलबार स्पेशल स्कीनिगं गरिएको थियो । जहाँ थुप्रै आलोचकहरुले पनि फिल्म हेरेका थिए । त्यसपछि बटला हाउसलाई सामाजिक सञ्जालमा एकदमै राम्रो प्रतिक्रिया मिलेको छ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखे- जोन अब्राहमको बटला हाउस एकदमै राम्रो फिल्म छ । त्यसैले अब्राहमलाई राष्ट्रिय पुरस्कार दिनुस् ।

निखिल आडवाणीले निर्देशन गरेको फिल्ममा भोजपुरी अभिनेता बीजेपी नेता रवि किशनले पनि प्रमुख भूमिका निभाएका छन्। यो फिल्मको कथा २००८ मा दिल्ली स्थित जामिया नगरमा भएको विवादित इन्काउन्टरमा आधारित रहेको छ । यो फिल्मसँग हलमा अक्षय कुमारको मिशन मंगल पनि रिलिज हुदैँछ । यी दुई फिल्मको बक्स अफिसमा ठुलो भिडन्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *