‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भोलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्मको ‘डंका पिट्यो’ बोलको निकै रमाइलो गित सार्वजनिक भएको हो । गितमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

निरज कँडेलले खिचेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी र जीवन थापाले सम्पादन गरेका छन् । गीतको भिडियोमा विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल , नन्दु श्रीवास्तव लगायतका कलाकारहरु देखिएका छन् ।

प्रेमराज दाहालले निर्माण गरेको फिल्ममा देव भुषालको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा भूवन केसी, सरोज खनाल, रीमा विश्वकर्मा , साहिल श्रेष्ठ, कुसुम राउत लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । यो फिल्मको केही दिन अघि मात्र अमेरिकामा विशेष शो भएको थियो ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *