चलचित्र ‘झींगे दाउ’मा नायक कुशल बिष्ट अनुवन्धित, आँचलको जोडी बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘झींगे दाउ’मा नव–नायक कुशल बिष्ट अनुवन्धित भएका छन् । चलचित्रमा कुशल नायिका आँचल शर्माको जोडी बन्दैछन् । यसअघि चलचित्रमा मुकुन भुषाल र केकी अधिकारी फाइनल भैसकेका छन् । मंसिर ५ गतेबाट सुरु हुने चलचित्रको खोटांगको हलेसीबाट छायाकंन सुरु हुने निर्देशक जानेन्द्र देउजाले जानकारी दिए । त्यसपछि भकुण्डेबेसीमा निर्माण भएको भिन्न भिन्न सेटमा दोस्रो सेड्यूल रहेको बताए ।

यो चलचित्र साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर बन्न लागेको हो । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा बिष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, प्रदिप भारद्धाजको पटकथा तथा संवाद रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *