नायक निखिल उप्रेतीको आज जन्मदिन, अहिले कहाँ के गर्दैछन् ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ जेठ । नायक निखिल उप्रेतीको आज जन्मदिन । १९७५ मे १५ तारिखका दिन उनको जन्म सर्लाही पिपराभित्तामा भएको हो । यस आधारमा उनी आज आफ्नो ४४औं जन्मदिन मनाउँदैछन् ।
‘पिँजडा’ चलचित्रबाट नेपाल रजतपट प्रवेश गरेका निखिलको वास्तविक नाम दिनेश उप्रेती हो । निर्माता कलाकार पवन मैनालीले उनको नाम ‘निखिल’ राखिदिएका हुन् । हालसम्म उनले ९७ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

नेपाली चलचित्र उद्योगमा एक्सनलाई स्थापित गर्नेमा निखिलको प्रमुख भूमिका रहेको छ । कुनै समय वार्षिक सात–आठवटा सिनेमा खेल्ने निखिल भोजपुरी चलचित्रमा पनि उत्तिकै लोकप्रिय रहे । फिल्मी करियर सुरु गर्नुअघि मुम्बईमा अभिनय र स्टन्ट गरेका निखिल त्यसपछि पनि पाँच वर्षसम्म मुम्बईमै बलिउड फिल्मका लागि संघर्षरत रहे ।

अहिले उनी नेपालमै श्रीमती सञ्चिता लुइँटेलसँग बस्दै आएका छन् । अभिनय सँगसँगै निखिल चलचित्र निर्माण र निर्देशनमा समेत लागेका छन् । हाल उनी ‘भैरव २’ चलचित्रको स्क्रिप्ट लेखनमा जुटेका छन् । जुन चलचित्र चाँडै सुटिङ सुरु बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *