दुई सुन्दरी नायिका वर्षा राउत र वर्षा शिवाकोटी भिड्दैछन् एक साथ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ जेठ । नेपाली चलचित्रका दुई सुन्दरी नायिका वर्षा राउत र वर्षा शिवाकोटी अभिनित छुट्टाछुट्टै चलचित्र एकै दिन जुध्दैछन् ।
वर्षा राउत अभिनित ‘जात्रै जात्रा’ र वर्षा शिवाकोटीको प्रमुख भूमिका रहेको ‘वीर विक्रम २’ जेठ ३ गते एक साथ रिलिज हुँदैछ । आशा गरिएका ठूला ब्यानरका दुई चलचित्र आपसमा जुध्ने भएपछि नेपाली सिने क्षेत्रमा चासो र चिन्ता देखिएको छ ।

‘जात्रै जात्रा’ कमेडी जनरामा बनेको चलचित्र हो । जसलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । चलचित्रमा विपीन कार्की, दयाहाङ राई, रवीन्द्र सिंह बानियाँलगायतको अभिनय रहेको छ । निर्देशक भट्टराईले चलचित्रले दर्शकलाई मनोरञ्जन दिने बताए । यसअघि ‘जात्रा’ चलचित्रबाट पाएको तारिफ यसको सिक्वेलबाट पाउनेमा वर्षा राउत आशावादी देखिएकी छन् ।

उता, मिलन चाम्सले प्रेमकथा र सामाजिक विषयवस्तुलाई लिएर ‘वीर विक्रम २’ निर्देशन गरेका छन् । यो पनि अघिल्लो ‘वीर विक्रम’ को सिक्वेल चलचित्र हो । अघिल्लो चलचित्रमा दयाहाङ राई नायक भए पनि ‘वीर विक्रम २’ मा पल शाह र वर्षा शिवाकोटीको जोडी छ । अझ नाजिर हुसेन पनि भएकाले यो चलचित्रको हाइप अलि बढेको छ ।

तर, दुई सुन्दरी नायिका वर्षा राउत र वर्षा शिवाकोटी भने आपसमा जुध्नुपरेकाले त्यति खुसी छैनन् । वर्षा शिवाकोटीले त दुश्मन लागेर आफूहरूबीच प्रतिस्पर्धाको स्थिति आएको सार्वजनिक रूपमै बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *