कोपा अमेरिकामा ब्राजिलको विजयी सुरुवात, बोलिभिया ३–० ले पराजित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः आजबाट घरेलु मैदानमा सुरु भएको कोपा अमेरिकामा ब्राजिलले विजयी सुरुवात गरेको छ । शनिवार विहान भएको उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३–० गोलले हराएको हो । चोटका कारण आफ्ना सुपरस्टार नेयमारबिनै खेलिरहेको ब्राजिलको जितमा स्टार मिडफिल्डर फिलिपे कोउटिन्हो नायक बने ।  ९ औं पटक उपाधि जित्ने अभियानमा रहेको ब्राजिललाई जिताउन फिलिपे काउटिन्होले २ तथा एभर्टनले एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल भएका हुन् । खेलको ५० औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काउटिन्होले गोल गरेका थिए । पहिलो गोल गरेको तेस्रो मिनेट वित्न नपाउँदै काउटिन्होले हेडर गोल गरे । उनले रोबर्टो फिर्मिनाको पासमा गोल गरेका थिए ।

८१ औं मिनेटमा डेभिड नेरेसलाई रिप्लस गर्दै मैदान छिरेका एभर्टनले ब्राजिलका लागि तेस्रो गोल गरे । उनले ८५ औं मिनेटमा फर्नान्डिन्होको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र ब्राजिल विजयी भयो । जितसँगै समुह ए मा रहेको ब्राजिलले तीन अंक जोडेको छ र शिर्ष स्थानमा छ । ब्राजिलले प्रतियोगिताको दोस्रो खेल आगामी बुधबार भेनेज्वुएला विरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *