जेम्ससँग खेल्ने रोनाल्डोको चाहाना !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले जेम्स रोड्रिग्वेसँग खेल्न चाहेको बायर्नका पुर्वस्टार लोथर म्याथ्थुजले बताएका छन् । म्याथ्थुजका अनुसार रोनाल्डोले जेम्सलाई इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस्मा जोडिन आग्रह गर्दै सँगै खेल्ने चाहना व्यक्त गरेका हुन् ।

ब्राजिल विश्वकपका गोल्डेनबुट विजेता २७ वर्षीय जेम्स विश्वकप लगत्तै स्पेनिस महारथी रियल मड्रिडमा अनुबन्धित भएका थिए । रियलमा निकै कम मौका पाएपछि जेम्स २०१६ पछि लोनमा जर्मन क्लब बायर्न म्युनिखमा पुगेका थिए ।

रियल र बायर्न दुवैले जेम्सलाई नचाहाइ रहँदा जेम्सका लागि युभेन्टस उपयुक्त विकल्प हुन सक्नेछ । ‘म जेम्सलाई युभेन्टसमा देख्न चाहान्छु । जेम्सको विषयमा दुई साताअघि कुराकानी भएको थियो । जेम्स र रोनाल्डोको सम्वन्ध निकै राम्रो छ,’ उनले भनेका छन्, , ‘उनीहरु एकसाथ खेलेको हेर्ने इच्छा छ । म बुझ्न सक्छु, किन जेम्स रोनाल्डोको सेवा गर्न चाहन्छन् । र गोल गर्न सक्छन् । जसले गर्दा दुवै खेलाडी चम्किन सक्छन् ।’

जेम्स सन् २०१४ मा रियल मड्रिडमा आएका थिए । उनले रियललाई ला लिगा च्याम्पियन, दुई च्याम्पियन्स लिग र दुई क्लब विश्वकपको उपाधि जिताउन सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *