अमिताभ बच्चन, शाहरुखदेखि ऐश्वर्यासम्म सगै पर्दामा देखिदै, यस्तो छ पोस्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अधिकाशं दर्शकहरु सबै सुपरस्टार कलाकारले एउटै फिल्ममा अभिनय गरेको हेर्न चाहन्छन्। त्यसो त निर्माताको बजेटको अभाव, अभिनेता ,अभिनेत्रीले काम गर्न नचाहेर , समय नमिलेर र एकअर्कामा हुने मनमुटाव लगायतका विभिन्न कारणले एउटै फिल्ममा देखिदैनन् ।

तर अहिले बलिउडका सुपरस्टार कलाकारहरु एक देशभक्ति गीतमा एकैसाथ देखिने भएका छन् । जुन गीतमा अमिताभ बच्चन, शाहरुख खान, अमिर खान, ऐश्वर्या राय, रणवीर कपूर, कार्तिक आर्यन र टाइगर श्राफले अभिनय गदै छन् । यो गीत जम्मु काश्मिरको पुलवामामा भएको आत्मघाती आंतकवादी हमलामा निधन भएका सेनाप्रती समर्पित रहेको छ । हाल यो गीतको पोस्टर समेत सार्वजनिक भएको छ । पोस्टरमा सबै कलाकारहरुले ज्यान गुमाएकाहरु प्रति सलाम गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *