एक युवकले गरे आफ्नो गलफ्रेन्ड पट्याउनेलाई विलासी गाडी ,लाखौ पैसा र फ्याट दिने घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । एक युवकले आफ्नो गलफ्रेन्ड पट्याउनेलाई विलासी गाडी ,लाखौ पैसा र फ्याट दिने घोषणा गरेका छन् । उनले नाम नखुलाउने शर्तमा आफ्नो हुनेवाला श्रीमतीलाई पट्याउने ‘हनीट्रयापरलाई’ १५ हजार पाउण्ड नगद (२० लाख नेपाली रुपैयाँ) विलासी कार र फ्ल्याट समेत दिइने भएका हुन् । ती करोडपति युवकले एक लग्जरी सपिङ र मार्केटप्लेस वेबसाइटमा ‘पेशेवर हनीट्रयापर’को लागि यस्तो शर्त राख्दै विज्ञापन गरेका थिए । तर विज्ञापनमा आफ्नो गलफ्रेन्डलाई पट्याउने ब्यक्ति आफुजस्तै धनी र आकर्षक हुनु पर्ने बताएका छन् ।

किन ती करोडपति ब्यक्तिले गरे गलफ्रेन्ड पट्याउने यति ठुलो विज्ञापन ?
ती करोडपति ब्यक्ति सुरुवातमा एउटा केटीसँग प्रेममा परेका थिए । तर ती युवतीले आफुलाई पैसाको लागी मात्र प्रेमको नाटक गरेको थाहा पाए । त्यसपछि उनले ती युवतीलाई ब्रेकअप दिएर अर्को युवतीसँग विहे गर्ने निर्नय गरे । त्यसैले उनले आफ्नो प्रेम पैसा र धनसम्पतीको लागी नहोस् भनेर हुनेवाली श्रीमतीलाई जाँच गर्नको लागी गरेको बताए । अहिले उनले ती युवतीसँग इंगेजमेन्ट गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *