चलचित्र ‘रिजन अफ रिया’ को शुभ मुहूर्तसँगै छायांंकन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । चलचित्रको आज विहान काठमाडौँको भद्रकालीमा जनै पूर्णिमाको अवसरमा निर्माण टिम र कलाकारको साथमा शुभ मुहूर्त गरिएको हो । धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बन्न लागेको चलचित्रको शुभ मुहूर्तसँगै आजै छायाकंन समेत सुरु गरेको निर्माण टिमले जानकारी दिएको छ ।

मिलन आले मगरले निर्देशन गरेको चलचित्रमा करणसिंह बोहराको कथा, यम आलेको छायांकन, देब महर्जनको द्वन्द्व र विकाश चौधरीको संगीत रहेको छ । उमेश गिरी र समीर श्रेष्ठ चलचित्रको निर्माता र कुमार जंग काकी सह निर्माता हुन् । लभस्टोरी जनरा बन्न लागेको चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई , मेनुका माझी लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको काठमाडौं र मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाकंन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *