आयुष्मान खुरानाको फिल्म “ड्रिम गर्ल ”को पहिलो गीत “राधे राधे”रिलिज (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आयुष्मान खुरानाको फिल्म ड्रिम गर्ल को पहिलो गीत राधे राधे रिलिज भएको छ ।यस गीतमा आयुष्मान कृष्णको अवतारमा देखिएका छन् । जहाँ नुसरत भारुचा राधाको अवतारमा देखिएकी छिन् ।

फिल्म ड्रिम गर्ल मा आयुष्मान एक अनौठो केटाको भूमिकामा छन् । जो केटा भएर पनि केटीको आवाज निकाल्छन् ।यो फिल्म एक रोमान्टिक कमेडी फिल्म हो । यो गीतमा राधा कृष्णमा आधारित रहेको छ । यो गीतको मीट ब्रदर्सले कम्पोज र अमित गुप्ताको आवाज रहेको छ ।

एकता कपुरले निर्माण गरेको फिल्मको राज सान्डील्यले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा आयुष्मानसँगै नुश्रत भरुचा, अन्नु कपुर, विजय राज, अभिशेख बंजारे, मंजोत सिंह, निधि बिष्ट, राजेश शर्मा, राज भन्साली लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म सेप्टेम्बर १३ बाट रिलिज हुदैँछ । हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *