नेपाली नायिका परमिता ‘तेलुगू’ फिल्ममा अभिनय गदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली नायिका परमिता राज्यलक्ष्मी राणाले ‘तेलुगू’ फिल्ममा अभिनय गर्ने भएकी छिन् । नेपाली फिल्म ‘चपली हाइट २’बाट अभिनयमा डेब्यु गरेकी परमिताले तेलुगूका एक्सनस्टार गोपीचन्दको मुख्य भूमिका रहने एक फिल्ममा काम गर्न लागेकी आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् । उनले फिल्मको हैदरावादको एक मन्दिरमा शुभमुहूर्त गरिएको तस्विर राख्दै ‘सुपरस्टार गोपी चन्दससँ काम गर्न पाउदा निकै खुसी भएको बताएकी छिन् । तर उनले अभिनय गर्न लागेको फिल्मको नाम भने सार्वजनिक गरेको छैन् ।

एसवीसीसी फिल्म ब्यानरबाट बन्ने फिल्मलाई बिनु सुब्रह्मण्यमले निर्देशन गदैछन् ।ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मलाई विभिएसएन प्रसादले निर्माण गर्न लागेका हुन् । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्ममा मणि शर्माले संगीत रहेनेछ ।

यो फिल्ममा परमिता नायिकाको रुपमा देखिदैछिन् । उनले अभिनय गरेको नेपाली फिल्महरु ‘चपली हाइट २’ र ‘चङ्गा चेट’ हो । हाल उनको ‘दी कर्मा’ रिलिजको तयारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *