सुन्दरी नायिका जसिता गुरुङको आज जन्मदिन, कति वर्ष लागिन् त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ जेठ । नायिका जसिता गुरुङको आज जन्मदिन । १९९६ मे १६ तारिखका दिन उनको जन्म बेलायतमा भएको हो । यस आधारमा आज उनी आफ्नो २४औं जन्मदिन मनाउँदैछिन् ।

‘लिली–बिली’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी जसिताले बेलायतको हेनरी ब्यूफोर्ट स्कुलमा माध्यमिक शिक्षा र पिटर साइमन्ड सिक्स्थ फर्म कलेजबाट स्नातक गरेकी हुन् । हाल उनी विन्चेस्टर, ह्याम्पसायरमा बस्दै आएकी छन् ।

निर्देशक मिलन चाम्सले जसितालाई नेपाली चलचित्रमा अभिनय गराएका हुन् । जसिताले पहिलो पटक नै चकलेटी नायक प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्न पाएकी थिइन् । प्रदीप र जसिताको जोडी ‘लभ स्टेसन’ चलचित्रमा पनि दोहोरिएको थियो । जसिताले खेलेका ‘लिली–बिली’ र ‘लभ स्टेसन’ दुवै सफल मानिन्छन् ।

आफूले अभिनय गरेका दुवै चलचित्रको नायक प्रदीप खड्का नै भएकाले नेपाली सिने क्षेत्रमा प्रदीप र जसिताबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि चल्ने गरेको छ । जसिताको जन्मदिनमा अभिनेता प्रदीप खड्काले शुभकामना दिएका छन् । बिहीबार बिहान प्रदीपले जसितासँग आफ्ना चारवटा तस्बिर राखेर जन्मदिनको शुभकामना दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *