‘जात्रै जात्रा’ को अग्रिम बुकिङ खुल्ला, मल्टिप्लेक्स हलले दिए उच्च शो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ जेठ । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘जात्रै जात्रा’ को अग्रिम बुकिङ खुल्ला भएको छ । कमेडी जनरामा बनेको सिक्वेल चलचित्रलाई मल्टिप्लेक्स हलहरूले उच्च शो दिएका छन् ।

क्युएफएक्सले राजधानीका आफ्ना हलमा १९ शो दिएको छ । विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई एफक्युब, बीएसआर, बिग मुभिज, क्यूज सिनेमा हलले पनि राम्रै शो उपलब्ध गराएका छन् ।

मल्टिप्लेक्स सिनेमा हलले दिएको शोका आधारमा विश्लेषण गर्ने हो भने चलचित्रले आक्रामक व्यापार गर्ने अनुमान गर्न सकिन्छ । ‘जात्रै जात्रा’ को निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । यसअघि उनले ‘जात्रा’ र ‘शत्रुगते’ चलचित्र निर्देशन गरिसकेका छन् । दुवै चलचित्र सुपरहिट भएको थियो । ‘जात्रै जात्रा’ हिट भए प्रदीपको ह्याट्रिक हिट चलचित्र हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *